धरान–इटहरीबीचको चारकोसे जंगलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
इटहरी– सुनसरी र सुर्खेतमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
धरान–इटहरीबीचको चारकोसे जंगलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
शनिबार राति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा इटहरी–१ का ४० वर्षीय विष्णु राउतको भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार कारमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्। चालक लामा र बस्नेतको अवस्थामा सामान्य छ। कल्याण कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा रेफर गरिएको छ।
त्यसैगरी, सुर्खेतमा फोर्स गाडीको ठक्करबाट आइतबार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ। ठक्करबाट जुम्लाको हिमा गाउँपालिका–४ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
