अमेरिकी शहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

वासिंटनमा प्रदर्शनकारीहरूले न्यायिक प्रक्रियाको अधिकारसहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यतालाई ट्रम्पले खतरामा पारेको भन्दै नारा लगाएका थिए। 

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन बढ्दै गएको छ। शनिबार हजारौँ प्रदर्शनकारीले न्युयोर्क, वासिंटनसहित अन्य राज्यहरूमा ट्रम्प र उनको कडा नीतिविरुद्ध प्रदर्शनको  दोस्रो चरण आयोजना गरेका छन्। 

न्युयोर्कमा ‘अमेरिकामा कुनै राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गर्नुहोस्’ जस्ता नारासहित ट्रम्पलक्षित संकेत बोकेका मानिस शहरको मुख्य पुस्तकालय बाहिर भेला भएका थिए।

वासिंटनमा प्रदर्शनकारीहरूले न्यायिक प्रक्रियाको अधिकारसहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यतालाई ट्रम्पले खतरामा पारेको भन्दै नारा लगाएका थिए। 

“प्रशासनले कानूनी शासनको विचार र अमेरिकामा बसोबास गर्ने मानिसहरूलाई दुर्व्यवहार गर्नबाट प्रतिबन्धित हुनुपर्ने विचारमाथि प्रत्यक्ष आक्रमण गरिरहेको छ,” ४१ वर्षीय बेन्जामिन डगलसले ह्वाइट हाउस बाहिर भने। 

केफियाह लगाएका र गत महिना पक्राउ परेका प्यालेस्टिनी समर्थक विद्यार्थी प्रदर्शनकारी महमुद खलिललाई मुक्त गर्न आह्वान गर्ने ब्यानर बोकेका डगलसले व्यक्तिहरूलाई ‘विदेशीप्रति घृणा फैलाउन र लामो समयदेखि स्थापित कानूनी संरक्षणहरू कमजोर पार्नमा लक्षित गरिएको बताए। 

“एउटा कुरा के हो भने ट्रम्प हिटलर वा अन्य फासिस्टहरूभन्दा धेरै मूर्ख हुनुहुन्छ, उहाँलाई प्रयोग गरिँदैछ...र उहाँको आफ्नै टिम विभाजित छ,” उनले भने। 

सरकारले विज्ञान र स्वास्थ्य कार्यका लागि रकम कटौती गरेकाले यसमा ध्यानाकर्षण गर्न सडकमा आएको २६ वर्षीया डानिएला बटलरले बताइन्। जोन्स हप्किन्स युनिभर्सिटीमा इम्युनोलोजीमा विद्यावारिधिका लागि अध्ययन गरिरहेकी उनले त्यहाँ चलिरहेको दादुरा प्रकोपको सन्दर्भमा दागहरूले ढाकिएको टेक्सासको नक्सा बोकेकी थिइन्। 

शनिबार लाखौँलाई नागरिकलाई प्रदर्शनमा भाग लिन आह्वान गरिएको थियो। यद्यपि यसमा अप्रिल ५ मा देशभर भएको ‘ह्यान्ड्स अफ’ विरोध प्रदर्शनमा भन्दा कम मानिस उपस्थित थिए।