कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ।
काठमाडौँ– नेपाल शिक्षक महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढंगले सवारीसाधन सञ्चालन नहुँदा नागरिकलाई सास्ती भएको छ।
विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ। माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ। प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए।
कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो। राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा प्रदर्शन गर्न थालेपछि माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। राप्रपाका नेता कार्यकर्ताले सरकार र गणतन्त्रविरुद्ध नारा लगाइरहेका छन्। उनीहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन्।

उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ। धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन्। उनीहरूको आन्दोलनसँगै आइतबार राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो।
राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले कानून उल्लंघन गर्न प्रोत्साहन गर्ने, अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
