राप्रपा अध्यक्ष लिङ्देनसहित ३ नेता प्रहरीको नियन्त्रणमा

प्रहरीले सिंहदरबार भित्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै सांसदहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले उनीहरूलाई आइतबार सिंहदरबार भित्रबाट नियन्त्रणमा लिएको हो।

आइतबार राप्रपा अध्यक्ष लिङ्देनसहितका सांसदले सिंहदरबारभित्रै विरोध जनाएका थिए।

सोही क्रममा अध्यक्ष लिङ्देनसँगै सांसदहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

अध्यक्षसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिङ्देनका स्वकीय सचिव चन्द्र कठायतले बताए।

राप्रपाले वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन आयोजना गरेको छ। राप्रपाको तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत माग छ।