अध्यक्ष लिङ्देनसहित राप्रपाका ७ नेता रिहा

सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका राप्रपाका नेताहरू रिहा भएका छन्।

काठमाडौँ– निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ। सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानबहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतलाई नियन्त्रणमा लिई अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

“निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा अध्यक्ष लिङ्देनसहित सात जनालाई नियन्त्रणमा लिएका थियौँ। अहिले सबै जनालाई रिहा गरिएको छ,” उनले भने।