बुटवल उपमहानगर–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी युवतीको चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार भइरहेको छ।
चितवन– रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ।
बुटवलमा खाजा घर सञ्चालन गर्दै आएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो। उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो।
अस्पतालका निर्देशक प्राडा. दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
उपचारमा संलग्न प्राडा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पुर्याएको छ। गोली शरीरभित्रै रहेको उनले बताए।
डा. आचार्यले भने, “चारपाँच दिनमा बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निर्क्योल हुन्छ।”
बिरामीको अवस्था स्थिर रहेको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
