कुनै पनि देशबाट अमेरिकामा आठ सय अमेरिकी डलरभन्दा बढी मूल्यको पार्सल ढुवानी सोमबारदेखि अस्थायी रूपमा रोक्का गरिएको जर्मन कम्पनी डीएचएलले जनाएको छ।
काठमाडाैँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ व्यवस्था लागू भएसँगै अन्तर्राष्ट्रिय कुरियर सेवा प्रदायक कम्पनी डीएचएल एक्सप्रेसले अमेरिकामा केही पार्सल वितरण स्थगित गरेको छ।
सोमबारदेखि कुनै पनि देशबाट अमेरिकामा आठ सय अमेरिकी डलरभन्दा बढी मूल्यको पार्सल ढुवानी अस्थायी रूपमा रोक्का गरिएको जर्मन कम्पनी डीएचएलले जनाएको छ। ट्रम्प प्रशासनले अप्रिलको शुरूमा लागू गरेका नयाँ ट्यारिफ नियमहरूले त्यस्ता ढुवानीहरूलाई बढ्दो भन्सार जाँचको अधीनमा राखेपछि कम्पनीले यस्तो कदम चालेको हो।
"यो परिवर्तनले औपचारिक भन्सार क्लियरेन्समा वृद्धि भएको छ, जुन हामीले चौबीसै घण्टा व्यवस्थापन गरिरहेका छौं," डीएचएलले आफ्नो विज्ञप्तिमा भनेको छ, "यो कदम अस्थायी उपाय हो।"
आठ सय अमेरिकी डलरभन्दा बढी मूल्यका व्यवसायबाट अर्को व्यवसायमा जाने ढुवानीहरू भने यस निलम्बनबाट प्रभावित हुने छैनन्। तर उनीहरूले ढिलाइको सामना गर्न सक्ने डीएचएलले चेतावनी दिएको छ।
गत अप्रिल ५ मा नयाँ ट्यारिफ लागू हुनुभन्दाअघि कम्तीमा दुई हजार पाँच सय डलरभन्दा बढी मूल्यको सामानमा मात्र ट्यारिफ लाग्ने नियम थियो।
गत हप्ता हङकङ पोस्टले समुद्री मार्गबाट अमेरिका पठाइएका सामानहरूको लागि हुलाक सेवाहरू निलम्बन गरेको बताएपछि यो कुरा आएको हो। वासिंटनले चीन र हङकङबाट प्याकेजहरूको लागि भन्सारमुक्त व्यापार प्रावधानहरू रद्द गरेपछि अमेरिकाले 'धम्की' दिएको आरोप लगाउँदै हङकङ पोस्टले उक्त कुरा बताएको थियो।
डीएचएलको यस निलम्बनले नेपालीहरूलाई पनि असर पार्ने देखिन्छ। नेपालबाट अमेरिकामा पार्सल पठाउन डीएचएल कुरियर धेरैको रोजाइमा पर्ने गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
