सांगीतिक महौलका बीच पोखरामा नेपाल लिटेचर फेस्टिभलको दशौँ संस्करण शुरू भएको छ।
पोखरा– नेपाल लिटेचर फेस्टिभलको दशौँ संस्करण बिहीबारदेखि पोखराको लेकसाइडस्थित बाराही घाटमा शुरू भएको छ। फेस्टिभलमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत् प्रवचन दिँदै नेपालले अपनाउनुपर्ने विकासको शैली र यहाँका सम्भावना एवं राजनीतिक र सामाजिक नेतृत्वले लिनुपर्ने बाटाबारे चर्चा गरे।
"अबको एक दशकपछिको नेपाल अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ", उनले भने, "संसार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसको तुलनामा हामी धेरै सुस्त छौँ। नेपाललाई बराबरीको हैसियतमा उभ्याउनकै लागि कुनै पनि मुलुक कुरेर बस्ने छैन, हामी आफैँ उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ।"
फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले कार्यक्रममा प्रदीप गिरिलाई सम्झिँदै भने, "प्रदीप गिरिजस्ता नेताहरूको सदन, समाज र साहित्यिक क्षेत्र सबैतिर आवश्यकता छ।"
पहिलो दिन बालविकास विज्ञ डा. मीनाक्षी दाहालसँग 'घरबाट स्कुलसम्म' शीर्षकमा फिसटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे। उनीहरूले बालबालिकाको विकासक्रममा अपनाउनु पर्ने संवेदनशीलता लगायत विविध पक्षहरूबारे अन्तर्क्रिया गरेका थिए।
एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकबाट शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको भनाइ छ। उनले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन्।
"सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ। सिकाइको खाडल त्यहीबाट शुरू भएको देखिन्छ", डा. दाहाल भन्छिन्, "निजी विद्यालयको सिको गरेर अङ्ग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन्। यो एकदमै विभेद छ, वर्गीकरण छ।"
कार्यक्रममा वरिष्ठ संगीतकार गोपाल योञ्जनका गीतहरूको सांगीतिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे। त्यस्तै, उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उनको गीत गाए। फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको संग्रह गोपालयसमेत उक्त कार्यक्रममा लोकार्पण गरियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
