सुनको मूल्य तोलाको १ लाख ९१ हजार पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।

काठमाडाैँ– सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो।

आइतबार तोलामा एक लाख ८९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतिलोला १ हजार २०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।