काठमाडाैँको ठमेल र धुम्बाराही क्षेत्रमा ट्याक्सी चालकहरूसँग विभिन्न बहानामा कुरा गरी, साथीलाई फोन गर्छु भन्दै मोबाइल मागेर फरार हुने गरेका थिए।
काठमाडौँ– झुक्याएर मोबाइल लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-१ का १८ वर्षीय शिखरजंग थापा भन्ने नवराज सुनुवार, धनुषाको तारापटी सिर्सिया गाउँपालिका-६ का राज यादव र राैतहटको गरुडा नगरपालिका-२ का २७ वर्षीय सुरेश ठाकुर हजाम रहेका छन्।
पीडितले दिएको उजुरीका आधारमा उनीहरूलाई काठमाडाैँका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैँले जनाएको छ। काठमाडाैँको ठमेल र धुम्बाराही क्षेत्रमा ट्याक्सी चालकहरूसँग विभिन्न बहानामा कुरा गरी, कतै जाने बाटो सोधी, साथीलाई फोन गर्छु भन्दै मोबाइल मागेर फरार हुने गरेका थिए। उनीहरूले यसरी अहिलेसम्म ४ वटा मोबाइल लुटपाट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
परिसरका अनुसार उनीहरूबाट एक एमटी-१५ मोटरसाइकल र विभिन्न कम्पनीका तीन वटा मोबाइल बरामद गरिएको छ। उनीहरूलाई अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले बताए।
प्रहरीले लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी कार्य पनि जारी राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
