फोक्सोको संक्रमणबाट पीडित पोप फ्रान्सिसको सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो। उनी पोपको पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी पादरी थिए।
काठमाडाैँ– रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। फ्रान्सिस रोमन क्याथोलिक चर्चको राजधानी मानिने भ्याटिकन सिटी देशका प्रमुख पनि हुन्। भ्याटिकनले सोमबार एक भिडियो विज्ञप्ति जारी गर्दै फ्रान्सिसको निधनबारे जानकारी गराएको हो।
"प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, गहिरो दुःखका साथ म हाम्रा पवित्र पिता फ्रान्सिसको मृत्युको घोषणा गर्न बाध्य छु," कार्डिनल केभिन फारेलले भ्याटिकनको टिभी च्यानलमा घोषणा गरे।
स्थानीय समयअनुसार सोमबार बिहान ७:३५ मा उनले आफ्नै निवास कासा सान्ता मार्टामा अन्तिम सास फेरे। यसअघि आइतबार उनले इस्टर पर्वका अवसरमा सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै सम्बोधन गरेका थिए।
लामो समयदेखि निमोनियाबाट ग्रसित उनलाई गत फेब्रुअरीमा निमोनियाको दोहोरो असर हुँदा अस्पतालको आईसीयूमा राख्नुपरेको थियो। लगभग एक महिनाको उपचारपछि उनी मार्च २४ मा आफ्नो निवास सान्ता मार्टा फर्किएका थिए।
युवाअवस्थामा संक्रमणका कारण उनको फोक्सोको थोरै हिस्सा हटाउनु परेको थियो। जसले गर्दा उनलाई श्वासप्रश्वासमा समस्या भइरहन्थ्यो। २०२३ मा पनि फोक्सोको संक्रमणका कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।
उनी पोपको पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी पादरी थिए। उनलाई सन् २०१३ मा पोपको रूपमा अभिषेक गरिएको थियो। पोप फ्रान्सिसले आफ्नो १२ वर्षे पोपको कार्यकालमा महत्त्वपूर्ण कामहरू हासिल गरेको बताइन्छ। उनका केही निर्णय र अभिव्यक्ति विवादित पनि बन्ने गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
