सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को बिन्दुमा कायम भएको हो। कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य बढेको छ।
यस दिन विभिन्न ३१९ कम्पनीका दुई करोड १२ लाख तीन हजार ७६६ कित्ता शेयर ७८ हजार ६७८ पटक खरिदबिक्री हुँदा आठ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आइतबार आठ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा विकास बैंक समूह ०.४३, होटल तथा पर्यटन ०.०६, जलविद्युत् ०.७७, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.०३ र म्युचुअल फन्ड ०.४४ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.८५, वित्त १.०३, जीवन बीमा ०.१६, लघुवित्त ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह एक प्रतिशतले घटेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने एनएमबी हाइब्रिड फन्ड–२ को शेयर मूल्य ७.९० प्रतिशत छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा यस दिन सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५३ करोड ९९ लाख १८ हजार १७४ रुपैयाँ बराबरको १५ लाख ९० हजार २०५ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
