मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ। वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो खरिद गरेर लैजाने गरेको महतोले सुनाए।
त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले मेवाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। अहिले खेतमा मेवा पाकेर पहेँलपुर भएको छ। मेवा टिपेर बजार पठाउन उनी व्यस्त छन्।
तीन बिघामा मेवाखेती गरेका महतोले यस सिजन ६० टन मेवा बिक्री गरिसकेका छन्। मेवा बिक्रीबाट करिब १८ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए। बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ। मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ। वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ। केही मेवा काठमाडौँ पनि बिक्री गरेको महतो बताउँछन्।
गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री शुरू गरेका हुन्। अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन्। “मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ वीरगन्जमै खपत भएको छ,” उनले भने।
मेवा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। मेवाखेतीमा करिब १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब ५ लाख रुपैयाँ फाइदा लिइसकेको उनले बताए। अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनको भनाइ छ। उक्त समयसम्म करिब २०–२१ लाख रुपैयाँको मेवा बिक्री हुने अनुमान छ।
मेवाखेतीबाट उनले आम्दानी मात्र लिएका छैनन्, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी दिएका छन्। गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब ९ लाख रुपैयाँ ज्यालाबापत बुझेको उनको भनाइ छ। कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुन्छ।
अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने तयारी छ। हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्छ। उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका हुन्। मेवाखेतीका लागि कावासोती नगरपालिकाले ३ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराएको छ।
कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बन्नेका छन्। रोजगारीका लागि सिंगापुर र साउदी अरबमा सात वर्ष बिताएका थिए। “मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
