एकैदिन तोलामा ६ हजार ९०० ले बढ्यो सुन

नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ। मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनाएको हो। 

छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। आज बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत मंगलबार सुन तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँ रहेको थियो। 

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।