सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाई निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ।
काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले सातवटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न निर्देशनात्मक अनुरोध गरेका हुन्।
“नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी रहँदा कतिपय विद्यालय कर्मचारी विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर आएको छ,” परिषद्ले जारी गरेको परिपत्रमा भनिएको छ, “२४ घण्टाभित्र विद्यालयको चाबी लिएर अनिवार्य रूपमा काठमाडौँको आन्दोलनमा सहभागी हुन अनुरोध गरिन्छ।”
विद्यालय शिक्षा ऐनको मागसहित शिक्षक २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन्। सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाई निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारी झन् आक्रोशित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
