कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशीलगायत बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।  कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ।