आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २८ जनाको ज्यान गएको छ । जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक, एक नेपाली र एक यूएईका नागरिक रहेका छन्। थप ३६ जना घाइते भएको एएनआईले जनाएको छ।
यस आतंकवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतंकवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ। आक्रमण बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गरेका छन्। प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्। आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने उनले चेतावनीसमेत दिएका छन्।
घटनापछि गृहमन्त्री अमित शाह सुरक्षा स्थिति मूल्यांकन गर्न श्रीनगर पुगेका छन्। यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आक्रमणप्रति दुःख प्रकट गरेका छन्। उनले यथासिघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
