नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरेको छ। बिहीबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको पार्टीको संसदीय बैठकले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेताका रूपमा चयन गरेको हो।
बैठकले राष्ट्रियसभामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संसदीय दलको नेताका रूपमा चयन गरेको छ। त्यस्तै, पार्टीले प्रतिनिधिसभातर्फ प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरेको छ भने राष्ट्रियसभातर्फ गोपी अछामीलाई प्रमुख सचेतक र सचेतकको रूपमा गंगा बेलवासेलाई कायम राखेको छ।
बैठकपछि निर्णय सुनाउँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकले नवनिर्वाचित सदस्यहरूलाई कार्यशालासहितको प्रशिक्षण सञ्चालन गरेर व्यवस्थित गर्ने निर्णय गरेको बताए। उनले बैठकमा सरकार गठन गर्ने विषयवस्तुमा पनि छलफल भएको बताए।
"सरकार गठन गर्ने विषयवस्तुमा छलफल भएको छ। त्यसका लागि गठबन्धनबाट नै अघि बढ्ने र गठबन्धनका नेताहरूसँग आवश्यक छलफल गर्ने कुरा भएको छ" उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
