डोटीमा मिनीट्रक दुर्घटना, ३ जनाको मृत्यु

धनगढीबाट खाद्यान्न लिएर बझाङतर्फ गइरहेको मिनीट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको छ।

दिपायल– भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो। 

मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए।