देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम ४३ डिग्रीसम्म पुग्ने

नेपालगन्जमा ४२, सिमरामा ४१ तथा दीपायल र विराटनगरमा ४० डिग्रीसम्म तापक्रम पुग्ने महाशाखाको अनुमान छ। सबैभन्दा कम जुम्लामा ६ डिग्री हुनेछ। 

काठमाडौँ– देशभर गर्मी बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी पार्ने प्रणाली नभित्रिएकाले तापक्रम बढ्दै गएको हो। 

महाशाखाका अनुसार बुधबार सबैभन्दा बढी तापक्रम भैरहवामा ४३ डिग्रीसम्म पुग्ने सम्भावना छ। नेपालगन्जमा ४२, सिमरामा ४१ तथा दीपायल र विराटनगरमा ४० डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ। सबैभन्दा कम जुम्लामा ६ डिग्रीसम्म हुनेछ। 

ताप्लेजुङ र जोमसोममा भने हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।