तोलामा ७ हजार ५०० रुपैयाँ घट्यो सुन

छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँ थियो।

काठमाडौँ– नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा तोलामा साढे ७ हजार रुपैयाँ घटेको हो। 

घटेपछि आज छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँ थियो। सो दिन ६ हजार ९०० रुपैयाँले बढेर उच्च मूल्य कायम भएको थियो। 

बजारमा चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो।