कामदार ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमला, ९ जनाको मृत्यु

आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका छन्। त्यसपछि धेरै क्षेत्रमा आगलागी भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। 

युक्रेनको दक्षिणपूर्वी शहर मार्गानेट्समा कामदार ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमला हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। 

आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएको उक्त शहरका गभर्नर सेर्गी लिसाकले बताए। घाइतेको संख्या निरन्तर बढ्दै गएको उनको भनाइ छ। उक्त आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। 

किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ। तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरू बुधबार बेलायतमा नयाँ चरणको वार्तामा जुटिरहँदा आक्रमण भएको हो।