रघुजी पन्त शिक्षामन्त्री बन्दै

प्रधानमन्त्री ओलीले पन्तलाई नयाँ शिक्षामन्त्री बनाउने निर्णय गरेको उनका सञ्चारविज्ञ रामशरण बजगाईंले बताए।

काठमाडाैँ–  प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता तथा सांसद रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री बनाउने तयारी गरेका छन्। शिक्षामन्त्री विद्या भट्टाराईले राजीनामा दिएपछि पन्तलाई नयाँ शिक्षामन्त्री बनाउने निर्णय प्रधानमन्त्रीले गरेको ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताए।

चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखिरहेका बेला भट्टराईले गत सोमबार मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।