ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

तामाङले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए।

काठमाडाैँ– प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्।

यसअघि प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकमार्फत उनको राजीनामा माग गरेका थिए। तर राजीनामा दिन नमानेपछि बुधबार बर्खास्त गरेका हुन्।

तामाङले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए। यही विषयलाई लिएर प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट थिए।

कांग्रेस नेता तामाङले रामेछापबाट प्रतिनिधिसभाको चुनाव जितेका थिए।

यो पनि: सिंहदरबारका ठेकेदार राज्यमन्त्री जसको ठेक्काले अस्तव्यस्त छ कर्णाली प्रदेश राजधानी