आपत्कालीन सेवाका अनुसार अस्पतालमा भर्ना भएका ४२ जनामध्ये ६ जना बालबालिका छन्। आक्रमणबाट राजधानीका पाँच जिल्लामा असर परेको छ भने प्रशासनिक भवनमा आगलागीसमेत भएको छ।
युक्रेनको राज्य आपत्कालीन सेवाले बिहीबार बिहान किभमा भएको ‘शक्तिशाली’ क्षेप्यास्त्र आक्रमणमा नौ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ। किभले यसलाई तीन वर्षको युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएको छ।
युक्रेनी अधिकारीले मिसाइल आक्रमणको चेतावनी जारी गरेको र राजधानीभर विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन्।
“रुसले किभमा ठूलो संयुक्त आक्रमण शुरू गरेको छ,” युक्रेनको राज्य आपत्कालीन सेवाले टेलिग्राममा टोल अपडेट गर्दै भनेको छ, “प्रारम्भिक विवरणअनुसार नौ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।”
अस्पतालमा भर्ना भएका ४२ जनामध्ये ६ जना बालबालिका छन्।
आक्रमणबाट राजधानीका पाँच जिल्लामा क्षति पुगेको छ भने प्रशासनिक भवनमा आगलागीसमेत भएको छ।
राज्य आपत्कालीन सेवाका अनुसार आक्रमणबाट आवासीय भवनलाई क्षति पुर्याउँदा भग्नावशेषमुनि परेका मानिसको खोजी जारी छ।
यसअघि किभमा अप्रिलको शुरूमा मिसाइल प्रहार हुँदा कम्तीमा तीन जना घाइते भएका थिए।
सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण आक्रमण शुरू गरेदेखि किभ छिटपुट आक्रमणको लक्ष्य बनेको छ।
युक्रेनको पूर्वमा खार्किभ शहरमा बिहीबार बिहान सात वटा क्षेप्यास्त्र प्रहार भएको शहरका मेयर इगोर टेरेखोभले बताए। पछि उनले यो ‘एकै रातमा दोस्रो पटक क्रुज क्षेप्यास्त्र आक्रमणमा परेको’ बताए।
“हालैको एउटा आक्रमणमा सघन जनसंख्या भएको आवासीय क्षेत्रमा प्रहार भएको छ...त्यहाँ दुई जना घाइते भएका थिए। शत्रु आक्रमणस्थलहरूको निरीक्षण भइरहेको छ”, टेरेखोभले शहरका बासिन्दालाई ‘सावधान रहन’ आग्रह गर्दै भने।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यरमाकले रुसले किभ, खार्किभ र अन्य शहरमा ‘अहिले मिसाइल र ड्रोनद्वारा’ आक्रमण भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
