अमेरिकाबाट भुटान ‘डिपोर्ट’ भएर नेपाल आइपुगेका चार जनाको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘स्थानहद’ शब्दको अपव्याख्या गर्दै गैरकानूनी थुनामा राखिएको ठहर गरेको छ।
काठमाडौँ— प्रहरी प्रशासनले नियन्त्रणमा लिए थुनामा राखेका भुटानी शरणार्थीलाई तत्काल थुनामुक्त गर्न र स्थानहद तोकिएको उपयुक्त स्थानमा २४ घण्टाभित्रमा स्थानान्तरण गर्न सर्वोच्च अदालतको संयुक्त इजलासले आदेश दिएको छ। अमेरिकाबाट भुटान ‘डिपोर्ट’ भएपछि भारतीय बाटो हुँदै नेपाल प्रवेश गराइएका चार जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
गत चैत ११ मा अमेरिकाबाट निष्कासित भएर भुटान पठाइएका चार जना भुटानी शरणार्थी अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ, आशिष सुवेदीका हकमा बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै इजलासले ‘स्थानहद’ शब्दको अपव्याख्या गर्दै गैरकानूनी थुनामा राखिएको ठहर गरेको छ। न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासबाट आएको आदेशलगत्तै हाल काँकडभिट्टास्थित प्रहरीको थुनामा राखिएका शरणार्थीलाई शिविरमा फिर्ता पठाइने भएको छ।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले उकालोलाई दिएको जानकारीमा, चार जना शरणार्थीमध्ये कसैको बेलडाँगी वा पथरी–शनिश्चरे शिविरमा आफन्त भएमा त्यहाँ बुझाइने तयारी भएको छ। आफन्त नभएको खण्डमा कुनै मानव अधिकारवादी संस्था वा निकायको रोहवरमा बेलडाँगी शिविरमा बस्ने प्रबन्ध गरिने भएको छ।
अमेरिकाले ‘डिपोर्ट’ गरेका भुटानी शरणार्थीमध्ये ४ जना पूर्वी नाका हुँदै चैतमा नेपाल भित्रिएका थिए। चारमध्ये ३ जना सिधै बेलडाँगीस्थित शरणार्थी शिविर र एक जना बाहुनडाँगी क्षेत्रमा फेला परेपछि प्रहरी प्रशासनले आवश्यक अनुसन्धान प्रक्रियाका लागि काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको थियो।
अमेरिकामा ट्रम्प शासनको कडाइमाझ गैरकानूनी हैसियतमा रहेका जोकोहीलाई सम्बन्धित उत्पत्तिको मुलुक फिर्ता पठाउने क्रमसँगै पछिल्लो दुई महिनायता शुरू भएको ‘डिपोर्टेसन’ सूचीमा भुटानी शरणार्थीको नाम आउन शुरू भएको हो।
अहिले चर्चामा आएका चार जना शरणार्थीसहित ‘डिपोर्टेसन’मा परेका अरू एक दर्जनभन्दा बढी भुटानी शरणार्थी पनि पूर्वी नाका हुँदै नेपाल प्रवेश गरिसकेको अधिकारकर्मीहरूले बताए पनि उनीहरूको अवस्थिति खुल्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
