जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न उचित र आवश्यक निर्णय लिई ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चले विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले जायज र संविधानसम्मत माग सम्बोधनमा उचित निर्णय लिई ३ दिनभित्र आन्दोलनरत शिक्षकलाई विद्यालयमा फर्की नियमित पठनपाठनको वातावरण सुनिश्चित गर्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ। अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार यस्तो आदेश गरेको हो।
“आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,” अन्तरिम आदेशमा भनिएको छ, “देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू नगराउनू।”
आदेशमा आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिन तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गर्न पनि भनिएको छ।
शिक्षकको आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको उल्लेख गर्दै आदेशमा परीक्षा तोकिएको समयमै गर्न भनिएको छ।
अधिवक्ता चौधरीले प्रधानमन्त्री कार्यालयलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। शिक्षकहरू संघीय शिक्षा ऐन जारीलगायतका माग राखेर चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका छन्। करिब तीन हप्ता बितिसक्दा पनि आन्दोलन टुङ्गिने वातावरण बनिसकेको छैन।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
