कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा रहनेछ।

काठमाडाैँ– माैसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ। यी तीन प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै, आज राति पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।