आइतबारदेखि काठमाडाैँ उपत्यकाको तापक्रम घट्ने

काठमाडाैँ उपत्यकाको तापक्रम निरन्तर बढीरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– काठमाडाैँ उपत्यकाको तापक्रम निरन्तर बढीरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तामपक्रम घट्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज यहाँको तामपक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।