तोलामा १ हजार रुपैयाँले घट्यो सुन

सुनको मूल्य आज एक लाख ८९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ।

बिहीबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।