ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरोमा आगलागी भएको घटना छानबिन गर्न ऊर्जा मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ।
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको हो।
विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ। समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्य रहेका छन्।
घटनापछि गम्भीर चासो व्यक्त राख्दै ऊर्जामन्त्री दीपक खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए। समितिलाई दुर्घटना कसरी, किन र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार पार्नुका साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपाय सुझाव स्वरूप पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
