पठन संस्कृतिको विकास गर्न टीकापुर सामुदायिक पुस्तकायमा गएर पुस्तक पढ्नेमध्ये उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार रुपैयाँ प्रदान गर्न थालिएको छ।
टीकापुर– कैलालीको टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
महिनाभरि पुस्तकालयमा गएर अध्ययन गर्ने एक जनालाई पुरस्कार दिने घोषणा गरिएको थियो। सोहीअनुसार मंसिर महिनाको पाठकका रुपमा टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीले पुरस्कार पाएका छन्।
चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो। टीकापुर सरोकार समूहले पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको समूहका सचिव नवराज भट्टराईले जानकारी दिए। “हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ,” उनले भने, “पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ।”
एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने उनले बताए। यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो।पुस्तकालयमा आयोजित कार्यक्रममा टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
