सामुदायिक वनमा लागेको डढेलो फैलिँदा नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा क्षति पुगेको छ।
डडेलधुरा– नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा डढेलोले क्षति पुर्याएको छ। जंगलमा लागेको डढेलो फैलिएपछि स्वास्थ्य, महिला तथा बालबालिका र आन्तरिक लेखा परीक्षण शाखामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले जानकारी दिए।
शनिबार दिउँसो आगलागी हुँदा प्रिप्याफ भवन र भवनमा रहेका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका उनले बताए। जंगल क्षेत्रमा आगो नियन्त्रणमा नआएकाले जोखिम कायमै रहेको र स्थानीय, नेपाली सेना र प्रहरी संयुक्त रूपमा आगो निभाउने प्रयासमा जुटिरहेका छन्।
दुर्गा भवानी सामुदायिक वनमा लागेको डढेलोको आगो हावाको कारणले पालिकासम्म पुगेको हो। पालिका कार्यालयले हालसम्म क्षतिको यकिन विवरण संकलन गर्न नसकेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
