भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

संयुक्त राष्ट्रसंघले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।

पाकिस्तान र भारततीय सेनाबीच काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान भएको छ। 

आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखामा पाकिस्तानी सेनाले गोली हानेपछि आफूले जवाफ दिएको भारतीय सेनाले जनाएको छ। पाकिस्तानले भने पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन।

काश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई पाकिस्तानले समर्थन गरेको भारतको आरोप छ। उता, इस्लामाबादले काश्मिर हमलामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ। पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कार्यवाहीको जवाफ दिने प्रतिज्ञा गरेको समाचार संस्था  एएफपीले जनाएको छ।

भारतीय सुरक्षा बलले २२ अप्रिलमा पहलगाममा पर्यटकीय स्थलमा २६ पुरुषको हत्या गर्नेहरूको खोजी अभियान शुरू गरेका छन्। आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँट सन्धि स्थगित गरेको छ। पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ। कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लिएको छ।

जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारलाई निष्कासन गर्न आदेश दिएको छ। सिख तीर्थयात्री बाहेक भारतीय नागरिकका लागि भिसा रद्द गरेको छ र आफ्नो तर्फबाट मुख्य सीमा क्रसिङ बन्द गरेको छ ।

संयुक्त राष्ट्रसंघले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।