नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक प्रहरीबीच झडप

प्रदर्शनमा उत्रिएका शिक्षकलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। प्रदर्शनमा उत्रिएका शिक्षकलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो। 

शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ।

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौँकेन्द्रित सडक आन्दोलनमा छन्। २६औँ दिनमा आइपुग्दा शिक्षक आन्दोलन तनावग्रस्त बनेको हो।