आइतबार नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकको वृद्धि देखिएको छ। अघिल्ला चार कारोबार दिन घटेर बिहीबारदेखि बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)ले आइतबार पनि निरन्तरता पाएको हो।
नेप्सेका अनुसार आइतबार परिसूचक ३.५८ अंकले बढेर २६६१.६० को विन्दुमा कायम भएको छ। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ।
विभिन्न ३१४ कम्पनीको दुई करोड ८४ लाख ३८ हजार ४२८ कित्ता शेयर ८९ हजार १६१ पटक खरिदबिक्री १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बिहीबार सात अर्ब ८७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
१३ वटा समूहमध्ये सात वटाको उपसूचक घटेको छ भने ६ वटाको बढेको छ। सबैभन्दा बढी लगानी समूहको उपसूचक १.७७ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार १.१८, जलविद्युत् १.०६, उत्पादन तथा प्रशोधन ०.४१, होटल तथा पर्यटन ०.३८ र म्युचुअल फन्डको उपसूचक ०.२४ प्रतिशतले बढेको छ।
त्यसैगरी, सबैभन्दा बढी वित्त समूहको उपसूचक १.०५ प्रतिशतले घटेको छ। लघुवित्त ०.९४, अन्य ०.५७, बैंकिङ ०.३९, निर्जीवन बीमा ०.३३, जीवन बीमा ०.११ र विकास बैंकको उपसूचक ०.०२ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। नारायणी डेभेलपमेन्ट बैंक ५.०२, अपर सोलु हाइड्रो पावर ४.२६, हिमालयन हाइड्रो पावर ३.५९ र सिर्जनशील लघुवित्तका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाएका छन्।
त्यस्तै, नेपाल माइक्रो लाइफ इन्स्योरेन्स र क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। भूगोल इनर्जी डेभेलपमेन्ट ७.६३, ङादी ग्रुप पावर ७.५५ र सानिमा माई हाइड्रो पावरका लगानीकर्ताले ७.१९ प्रतिशतले कमाएका छन्।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै ङादी ग्रुप पावरको ८६ करोड १७ लाख ३८ हजार ९३३ रुपैयाँ बराबर शेयर किनबेच भएको छ। शेयर संख्याका आधारमा यस दिन एनएमबी सुलभ लगानी कोष–२ को २३ लाख ८२ हजार ७२५ कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
