क्यानडाको भ्यानकुभरमा सडक उत्सव मनाउन जम्मा भएको भीडमा कार जोतिँदा ९ जनाको मृत्यु भएको छ।
क्यानडाको पश्चिमी शहर भ्यानकुभरमा सडक उत्सव मनाउन जम्मा भएको भीडमा कार जोतिँदा ९ जनाको मृत्यु भएको छ।
फिलिपिनो समुदायले ‘लापु लापु’ दिवस मनाइरहँदा भएको घटनामा अन्य थुप्रै मानिस घाइते भएको छन्। घटनामा कुनै पनि आतंकवादी समूहको संलग्नता नदेखिएको प्रहरीले बताएको छ। दुर्घटनाग्रस्त गाडीका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
भ्यानकुभरका मेयर केन सिमले फिलिपिन्सको सबैभन्दा ठूलो उत्सवमध्येको एक मानिने लापु लापु दिवसमा भएको ‘भयानक’ घटनाबाट आफू स्तब्ध भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
लापु लापु दिवस मनाउन फिलिपिनो समुदायका मानिसहरू भेला भएका बेला स्थानीय समयअनुसार आइतबार राति ८ः०० बजेपछि उक्त घटना भएको अधिकारीहरूले बताएका छन्।
फिलिपिन्सका १६औँ शताब्दीका उपनिवेशवाद विरोधी नेताको सम्झनामा मनाइने यो पर्व यस वर्ष क्यानडाको निर्वाचनअघिको साताको अन्तमा परेको छ।
फिलिपिन्समा सन् १५२१ मा पोर्चुगिज अन्वेषक फर्डिनान्ड मागेलनलाई युद्धमा परास्त गर्न नेतृत्व गरेका आदिवासी प्रमुख लापुलापुको सम्झनामा फिलिपिन्समा लापु लापु दिवस मनाइन्छ।
संलग्नताको आरोपमा ३० वर्षीय स्थानीय व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको भ्यानकुभर प्रहरीले एक्समा जनाएको छ। प्रहरी प्रवक्ताले घटनास्थलमा रहेका पत्रकारलाई बताएअनुसार प्रहरीले अहिलेसम्म पहिचान गरेका ‘एक मात्र शंकास्पद’ व्यक्ति चालक नै रहेको बताएका छन्।
भ्यानकुभर प्रहरीले आइतबार बिहान एक्समा जारी सन्देशमा भनेको छ, “प्रारम्भिक अनुसन्धानपछि यो घटना आतंकवादी गतिविधि होइन भन्नेमा हामी विश्वस्त छौँ।”
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाबाट आफू स्तब्ध भएको बताएका छन्। “म मृतक र घाइतेका प्रियजन, फिलिपिनो क्यानेडियन समुदाय र भ्यानकुभरका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछु,” उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
