अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तत्परतामाथि शंका व्यक्त गरेपछि रुसले युक्रेनमा व्यापक ड्रोन आक्रमण गरेको छ।
रुसले शनिबार राति युक्रेनका विभिन्न क्षेत्रमा एकसाथ लगभग १५० ड्रोन प्रहार गरेको युक्रेनी अधिकारीले बताएका छन्। युक्रेनी वायु सेनाका अनुसार तीमध्ये ५७ ड्रोन खसालिएको थियो भने ६७ ड्रोन इलेकट्रोनिक रूपमा निष्क्रिय पारिएको थियो।
ड्रोन आक्रमणका क्रममा डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोह्राड शहरमा एक व्यक्तिको ज्यान गएको छ। १४ वर्षीया एक किशोरी घाइते भएकी छन्। यस्तै, ओडेसा र झिटोमिर क्षेत्रमा पनि दुई जना घाइते भएका छन्। खेरसोन शहरमा भएको रुसी हवाई आक्रमणमा थप चार नागरिक घाइते भएको बताइएको छ।
रुसको रक्षा मन्त्रालयले युक्रेनी सेनाबाट ब्रायान्स्क सीमा क्षेत्र र क्राइमिया क्षेत्रमा गरिएको ड्रोन आक्रमणलाई विफल तुल्याइएको दाबी गरेको छ। डोनेत्स्क क्षेत्रको होर्लिभका शहरमा युक्रेनी तोपखानाबाट भएको आक्रमणमा पाँच जना घाइते भएको रुसी मेयरले बताएका छन्।
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तत्परतामा शंका गरेपछि भएको हो।राष्ट्रपति ट्रम्पको रुसी राष्ट्रपति पुटिनले ‘युद्ध अन्त्य गर्ने नचाहेको’ अभिवक्ति सार्वजनिक भएको थियो। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पछिल्ला दिनमा रुसी सेनाबाट नागरिक क्षेत्रमा प्रहार हुनु अत्यन्तै दुर्भाग्यपूर्ण हो।”
भ्याटिकनमा आयोजित पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा सहभागी भई स्वदेश फर्कँदै गर्दा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छोटो कुराकानी गरेका थिए। यो कुराकानी उनीहरूबीचको पछिल्लो समयको पहिलो प्रत्यक्ष भेटघाट हो।
क्रेमलिनका एक वरिष्ठ अधिकारीले युक्रेन युद्धको समाधान दीर्घकालीन प्रक्रियाअन्तर्गत अघि बढ्ने बताउँदै वार्तामा लामो समय लाग्न सक्ने संकेत गरे। राष्ट्रपति जेलेन्स्कीले रुस शान्तिका लागि प्रतिबद्ध नभई केवल युद्धविरामको भ्रम सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
