सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।

काठमाडाैँ– सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।

आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भैइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार  २० रुपैयाँले घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो।