काठमाडौँ महानगरले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिरहेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लगिने फोहोर घटेको छ। फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले काठमाडौँ महानगरले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहोर अन्तिम व्यवस्थापनको कार्य थालेको छ।
फोहोर वर्गीकरण अघि काठमाडौँ महानगरबाट दैनिक २० गाडी फोहोर बञ्चरेडाँडा जाने गरेको थियो। अहिले फोहोरको मात्रा घटेसँगै दैनिक १५ गाडी मात्रै लाने गरेको काठमाडौँ महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। हाल वडा नं १२, १८, १९, २०, २१, २२, २३ २४, २५, र २७ मा स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै व्यवस्थापनको काम भइरहेको छ।
विभागको प्रमुख राईका अनुसार अहिले काठमाडौँ महानगरले ६ वटा क्षेत्र निर्धारण गरेर फोहोर व्यवस्थापनको काम थालेको छ। प्रत्येक क्षेत्रमा एक–एक वटा ‘ट्रान्फरस्टेसन’ निर्माण गरी उक्त स्थानमा केही समयका लागि फोहोर राखिने र त्यसपछि अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ।
त्यसका लागि काठमाडौँ महानगरले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गर्ने कार्य थालिसकेको छ।
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहोर ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नाका साथै फोहोरमैला संकलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहोर क्षेत्र निर्धारण गरेर व्यवस्थापन गर्न लागिएको राईको भनाइ छ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ। हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार ६०० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ।
यसरी गरिन्छ फोहोर व्यवस्थापन
भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहोर जम्मा भएको हुन्छ। कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो नकुहिने फोहोर उत्पादक आफैँले बेच्न सक्छन्। तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछामासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रूखका पात कुहिने फोहोर हुन्।
यस्तै प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम नकुहिने फोहोर हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
