प्रतितोला एक हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्ने चलन छ। 

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ३०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ।

अघिल्लो दिन एक लाख एक हजार थियो । त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९० कायम भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।