सर्वोच्च अदालतले निवेदकको मागबमोजिम अदालतको अवहेलनामा कारबाही किन गर्नु नपर्ने? सात दिनभित्र लिखित जवाफ पेश गर्न पनि विपक्षीका नाममा आदेश दिएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन रहेका मुद्दालाई असर पर्ने अभिव्यक्ति दिन आदेश दिएको छ।
अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार यस्तो आदेश दिएको हो।
“न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालतसमक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू/नगराउनु भनी विपक्षीका नाममा यो आदेश जारी गरिदिएको छ,” आदेशमा भनिएको छ।
आदेशमा वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने नेपालको संविधानको धारा १७(२) को प्रतिबन्धात्मक वाक्यांश तथा अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषयमा संघीय संसद्को कुनै सदनमा समेत छलफल नगरिने मान्यता संविधानको धारा १०५ ले आत्मसात् गरेको समेत स्मरण गराइएको छ।
साथै अदालतले निवेदकको मागबमोजिम अदालतको अवहेलनामा कारबाही किन गर्नु नपर्ने? सात दिनभित्र लिखित जवाफ पेश गर्न पनि विपक्षीका नाममा आदेश दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
