धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेश गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।
सिरहा– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेश गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुट्टा अध्यापन अनुमतिपत्र पेश गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार उक्त विद्यालयको मावि तहमा नियुक्तिका लागि झुट्टा अनुमतिपत्र पेश गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा टीकबहादुर मगरले निमावि तहको अध्यापन अनुमति पत्रलाई मावि तहको बनाइ पटक–पटक झुट्टा कागजात पेश गरी राष्ट्रसेवक कर्मचारीको रूपमा ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेका पुष्टि भएको छ।
आरोपित शिक्षकमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना सजाय मागदाबी गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
