चिया कविता सिक्किमले वर्ष–२०२५ को ‘चिया कविता पुरस्कार’बाट लेखक, नाटककार, गीतकार, अनुवादक एवं संगीतकार मन्दीप लामालाई सम्मान गर्ने भएको छ।
गान्तोक– चिया कविता सिक्किमले वर्ष–२०२५ को चिया कविता पुरस्कारबाट लेखक, नाटककार, गीतकार, अनुवादक एवं संगीतकार मन्दीप लामालाई सम्मान गर्ने निर्णय गरेको छ। साहित्यकार प्रवीण राई जुमेलीको अध्यक्षतामा गान्तोकमा मंगलबार बसेको चिया कविता सिक्किमको बैठकले उनको नाममा सर्वसम्मतिले स्वीकृत गरेको हो।
आगामी मे २१ का दिन विश्व चिया दिवसका अवसरमा लामालाई उक्त पुरस्कृत अर्पण गरिने चिया कविता सिक्किमले जनाएको छ।
सन् १९७० र ८० को दशकमा लामाले सिक्किममा नाट्य एवं संगीतको क्षेत्रमा योगदान दिएका थिए। सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिकतासँग जोड्ने नाटककार लामा हुन्। उनले प्रसिद्ध नाटक रक्तिम रातको रचना गरेका थिए।
सिक्किम क्रिएटिभ आर्ट्स एन्ड ड्रामा अर्गनाइजेसन (क्याडोज)का महासचिव रहेका लामाले ‘गीत अनि गीताङ्गे’को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले नाटकसँगै चलचित्र जगत्मा पनि योगदान दिएका थिए।
लामाले ‘अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एन्ड अदर एसेस’ नामक पुस्तक लेखेका छन्। धेरै पुस्तकको अनुवाद पनि गरेका छन्। नाट्य लेखन एवं निर्देशनसँगै लामा एक कुशल संगीतकारका रूपमा पनि चिनिन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
