उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याका प्रतिवादीको जन्मकैद सदर गरेको छ भने जातीय छुवाछुत कसुरमा भएको सजाय बदर गरेको छ।
काठमाडौँ– उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याका प्रतिवादीको जन्मकैद सजाय सदर गरेको छ।
उच्च अदालत सर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जना प्रतिवादीको जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा भएको सजाय भने बदर भएको छ।
उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाका अनुसार जातीय भेदभाव तथा छुवाछुतमा जिल्ला अदालतले तोकेको दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना उच्च अदालतले बदर गरेको हो।
रुकुम जिल्ला अदालतले २०८० मंसिर ११ रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ को सोतीमा नवराजसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सबिन पुनलाई जन्मकैदको सजाय भएको थियो।
त्यस्तै, तिलक चन्द, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज रानालाई पनि जन्मकैदको सजाय भएको थियो।
त्यसैगरी, नवीनकुमार घर्ती मगर (जीएम), बिराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल, परिवर्तित नाम '५४ रूकुम पश्चिम ३६' (१) र '५४ रूकुम पश्चिम ३६' (३) लाई पनि जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको थियो।
त्यस्तै, अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई २/२ वर्षको कैद र ५० हजार जरिबाना र जातीय छुवाछुत कसुरमा सजाय सुनाएको थियो। उच्च अदालतले यो सजाय बदर गरेसँगै उनीहरू कैदमुक्त हुने भएका छन्।
२०७७ जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज साथीहरूसहित रुकुमपश्चिमको चौरजहारी–८ मा मल्ल थरकी प्रेमिकालाई लिन गएका थिए।
दलित युवकले ठकुरीको छोरीलाई भगाउन लागेको भन्दै सोती गाउँका स्थानीयले आक्रमण गर्दा६ जनाको ज्यान गएको थियो। १२ जना घाइते भएका थिए। मृतकको शव भेरी नदीमा भेटिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
