आगलागीमा परेर करिब एक दर्जन मानिस घाइते भएका छन्। केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए।
भारतको कोलकाता शहरको एक होटलमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार कोलकाताको केन्द्रीय भागमा रहेको ऋतुराज होटलमा मंगलबार साँझ आगलागी भएको हो।
आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए। होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले बताए। आगो निभाएको र चिस्याउने कार्य जारी रहेको उनको भनाइ छ।
आगलागीको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको जानकारी दिँदै वर्माले भने, “होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निसास्सिएर मृत्यु भएको देखिन्छ।” आगलागी हुँदा ८८ जना पाहुना रहेको उक्त होटल कोलकाताको भिडभाड हुने व्यापारिक क्षेत्रमा अवस्थित छ।
आगलागीमा परेर करिब एक दर्जन मानिस घाइते भएका छन्। एक करोड ५० लाखभन्दा बढी जनसंख्या भएको कोलाकाता पश्चिम बंगाल राज्यको राजधानी हो।
भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटना सामान्य बनेका छन्। गत वर्ष बिहारको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
