निरन्तर तेस्रो कारोबार दिन पनि घट्यो शेयरबजार

बुधबार नेप्से ८.१४ अंकले घटेर २ हजार ६२३.८३ को विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंक घटेको छ।

काठमाडाैँ– लगातार तेस्रो कारोबार दिन पनि शेयरबजार परिसूचक नेप्से घटेको छ। बुधबार नेप्से ८.१४ अंकले घटेर २,६२३.८३ को विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले घटेको छ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। मंगलबार ७ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

बुधबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी तथा सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ। रिडी पावर कम्पनीको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ।

कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।