घट्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो। 

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको १ रुपैयाँ घटेको छ। घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू भएको छ। 

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १ रुपैयाँले घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।