प्रदेश सरकारले लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ।
बेलबारी– कोशी प्रदेश सरकारले विराटनगरमा बिहीबार र शुक्रबार लगानी सम्मेलन आयोजना गर्दै छ। सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन्।
प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न गरिएको छ। सगरमाथाको काखदेखी तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर्णिम अवसर प्रदान गर्ने व्यवसायीहरूको बुझाइ छ। कोभिड १९ पछि थलिएको क्षेत्रलाई सम्मेलनले उत्साह ल्याएको व्यवसायीहरूको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत सम्मेलनले समग्र निजी क्षेत्रमा उत्साह ल्याएको बताउँछन्। सम्मेलनमार्फत बन्ने लगानीको वातावरणले कोशीको आर्थिक पुनरुत्थान मात्र नभई समग्र नेपालको समृद्धिको आधार तयार उनको विश्वास छ। “अर्थतन्त्र शिथिल छ। लगानीको अवस्था बनिरहेको छैन। व्यवसायीहरू निराश बन्ने अवस्था छ। सम्मेलनले पक्कै पनि आशाको सञ्चार गर्नेछ,” अध्यक्ष राउत भन्छन्, “प्रशासनिक झन्झट, ढिलाइ, बजारको पहुँच र जमिन उपलब्धताको समस्या समाधानका लागि स्थायी संवाद मञ्च स्थापना, साना उद्यमीलाई बजारीकरणमा सहयोग र युवाहरूको सीप विकास निजी क्षेत्रका प्रमुख प्राथमिकता हुन्। सम्मेलनमा यस विषयमा पनि बृहत् छलफल हुने विश्वास छ।”
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारदा पनि लगानी सम्मेलनले शिथिल अवस्थामा रहेको व्यवसाय क्षेत्रलाई चलायमान बनाउने आशा व्यक्त गर्छन्। राज्यले हाल भइरहेका समस्या समाधानका लागि पहल गर्ने र व्यवसायीका कुरा कुरा सुन्छ भनेर आफूहरू उत्साहित भएको उनको भनाइ छ।
प्रदेश सरकारले लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ। जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्र छन्। लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता (एमओयू) हुने जानकारी दिए।
सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ। साथै, पहिलो दिनको मुख्यसत्रमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारबीचको अन्तरसम्बन्धका विषयमा विज्ञ र जनप्रतिनिधिबाट धारणा प्रस्तुत हुने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
