गायिका झुमा लिम्बूसँगको अन्तरसंवादमा लेखक सुवेदीले लोकगीतमा रहने सरलताको शक्ति र हास्यव्यंग्य चेतलाई अरू गीतले जित्न नसक्ने बताएका छन्।
काठमाडौँ– लेखनमा लोक मर्म तथा झर्रो भाषाका प्रयोक्ता अभि सुवेदीले गीत–संगीतमा जोडिन थालेको स्थानीय भाषा, लवज र स्वादको शक्तिले सिर्जनामा विविधता ल्याएको बताएका छन्। यसले लोकगीतको सरलतालाई ब्युँताउन थालेको उनको भनाइ छ।
गायिका झुमा लिम्बूसँग अन्तरसंवाद गर्दै लेखक सुवेदीले लोकगीतमा रहने सरलताको शक्ति र हास्यव्यंग्य चेतलाई अरू गीतले जित्न नसक्ने बताएका हुन्। “गीतमा क्लिष्टताको अर्थ रहन्न, शब्दकोश पल्टाएर गीती शब्दार्थ बुझ्नुको अर्थ रहन्न,” उकालो संवादमा जोडिएका लेखक सुवेदीले गायिका लिम्बूसँग भने, “पछिल्ला चरणमा झुमाले गाएका काफ्ले गीत (उनको स्विटर) वा जार फिल्मका गीतमा त्यही सरलता पाउन सकिन्छ।”
गीत लेख्ने भन्दैमा संस्कृत शब्द हालेर ओजिलो बनाउन खोजिएमा त्यसको प्रभाव नरहने बताउँदै प्राध्यापक सुवेदीले गायकको स्वर र उच्चारण शैलीले पनि गायकीलाई उचाइमा लैजाने धारणा राखेका छन्।
गायिका लिम्बूले लोकलय, स्थानीय स्वाद र लवज मिसिएका गीत–संगीतमा आफ्नो झुकाव बढी रहने गरेको बताउँदै स्रष्टा इन्द्रबहादुर (आईबी) राईको ‘जार: भएकै एउटा कथा’मा जीवन्त सामाजिक इतिहास रहेकाले यसमा आफ्नै जातीय चेतसहितको संगीत भर्ने र गाउने काम गरेको बताइन्।
“यस्ता दुर्लभ र ऐतिहासिक अर्थका कथा–सिर्जनालाई गीत–संगीत, फिल्म वा नाटकले अझ जीवन दिन सक्छ भन्ने लाग्छ”, गायिका लिम्बू भन्छिन्।
प्राध्यापक सुवेदीले भने लेखक आईबी राईको ‘जयमाया आफू मात्रै लेखापानी आइपुगी’ र ‘रातभरि हुरी चल्यो’ जस्ता कथामा पनि फिल्म बन्नु जरुरी रहेको सुझाएका छन्।
भिडियो :
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
